सांसद राजु विष्टद्वारा ८०औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त

FB_IMG_1786823425430

दार्जिलिङ: दार्जिलिङका सांसद राजु विष्टले ८०औँ स्वतन्त्रता दिवसको पावन अवसरमा दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्र लगायत सम्पूर्ण देशवासीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
​स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय गीत ‘वन्दे मातम्’ को १५० औँ गौरवशाली वर्षको स्मरण तथा नमन गरे। स्वतन्त्रता संग्रामका क्रममा करोडौँ भारतीयहरूमा साहस, एकता र राष्ट्रभक्तिको भावना प्रज्ज्वलित गर्ने यस अमर गीतले आज पनि राष्ट्रसेवाका लागि प्रेरणा दिइरहेको उनले बताए।
​स्वतन्त्रता सेनानीहरूको त्यागदेखि आजको आत्मनिर्भर र सशक्त भारतसम्मको यात्रा १४० करोडभन्दा बढी भारतीयको संकल्प र सामूहिक सामर्थ्यको कथा भएको उल्लेख गर्दै विष्टले आजको भारत युवा शक्ति, नवप्रवर्तन र आत्मविश्वासका साथ ‘विकसित भारत’ निर्माणतर्फ तीव्र रूपमा अघि बढिरहेको धारणा राखे। उनले इतिहासको स्मरणसँगै आफ्ना कर्म र जिम्मेवारीमार्फत भारतको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउन सबैलाई आह्वान गरेका छन्।

About Author

Advertisement