परिवर्तनको लागि जनता आतुर छ: अजय एडवाडर्स

IMG-20260423-WA0099

दार्जिलिङ: परिवर्तनको लागि जनता आतुर छ भनी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवाडर्सले बताएका छन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जीलिङ पहाडको तीनवटा विधानसभा आसनहरू लगायत तराई क्षेत्रको आसनहरूमा पनि पार्टीले उम्मेद्वारहरू खडा गरेका छन। जसमा दार्जीलिङ विधानसभा आसनबाट पार्टी केन्द्रीय संयोजक अजय एडवाडर्स स्वयम चूनावी मैदानमा ओर्लिएका छन।आज विहान आफ्नो मतदान गरेपछि अजय एडवाडर्सले दार्जीलिङ पहाडको जनता परिवर्तनको लागि आतुर भएको आफुले अनुभाव गरेको बताए। तिनले अघि भने, आजसम्म धेरै चुनावहरू देखेर तर जनतामा यतिको जोश र आतुर देखेको थिइन,शासद यो पविर्तनको स्पष्ट संकेत हुन सक्छ। मेरी आमा विमारी हुनु हुन्छ, उनी अस्पतालमा उपचाराधीन छन् यस विषयले मलाई धेरै दुःख लागेको छ। विगत 40 दिनदेखि मैले मेरो आमासँग भेटेको छुइन। त्यसरी नै एसआईआरको कारणले धेरैजना मतदाताहरूको नाम सूचीबाट काटिएको छ। यस विषयले पनि मलाई दुख लागेको छ।युवाहरूदेखि लिएर आम मतदाताहरूले सक्दो सहयोग पूराउदै आएको छ यस विषयले म धेरै खुशी पनि छु,जनताले परिवर्तनको लागि सहयोग गर्दै आएको छ।चूनाव प्रचारको क्रममा हामीले कसैमाथि ब्यक्तिगत आक्षेप लगाउने काम गरेनौ,मुदामाथि कुरा गरयौ तर पनि कसैको मन दुःखेको छ भने म अघिबाट क्षमा प्रार्थी छु। पाँच वर्षमा एक दिन चुनाव आउँछ त्यसपछि पाँच वर्ष फेरि जनताको सेवा गर्नु पर्छ। पहाडलाई सफा राख्नु भष्ट्रचार मुक्त बनाउनु पर्छ।’
उनले अघि भने, ‘आजसम्म राज्य सरकार गठन गर्ने क्रममा दार्जीलिङ पहाडबाट निर्वाचित भएका निर्वाचित विधायकहरूको अहम भूमिका रहेको इतिहास छैन तर आगमी ४ मईको दिन मतगणना हुनेछ त्यस दिन कसैले सरकार गठन गर्छ त्यो तय हुनेछ। तर सरकार गठन गर्नलाई केही निर्वाचित जन प्रतिनिधिको खाँचो पर्न गएको खण्डमा दार्जीलिङ पहाडको तीनवटा विधायक, सिलगढी, नक्सबारीको विधायकहरूको महत्व हुनेछ अनि त्यस समय दार्जीलिङ पहाड साथै सिलगढी नक्सलबारीले धेरै लाभ प्राप्त गर्ने छ। त्यस समय हामी दार्जीलिङलाई सफा सुन्दर बनाउन सक्ने छौ, भष्ट्रचार मुक्त बनाउने सक्ने छौ, स्वास्थ्य र शैक्षिक जस्ता विषयहरूमा धेरै काम गर्न सक्नेछौं।

About Author

Advertisement