पञ्जाब किंग्सविरुद्ध जीतको साथ सनराइजर्स हैदराबाद शीर्ष स्थानमा

IMG-20260507-WA0001

हैदराबाद आईपीएल २०२६-को ४९औं म्याचमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ३३ रनले पराजित गऱ्यो। यस जीतको साथ सनराइजर्सले ११ वटा म्याचमा १४ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको शीर्ष स्थान हासिल गऱ्यो। यसरी लगातार तेस्रो हारको सम्मुखीन हुने पञ्जाब किंग्स १० वटा म्याचमा १३ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। बुधवार राजीव गान्धी इण्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्स हैजराबादले विपक्षी टीमको खराब फील्डिंगको फाइदा उठाउँदै २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनायो। हेनरिक क्लासेनले ४ वटा छक्का र ३ वटा चौकाको सहायताले ४३ बलमा सर्वाधिक ६९ रन बनाए। ईशान किशनले ३२ बलमा ५५ रन बनाए, जसमा ४ वटा छक्का र २ वटा चौका सामेल छ। ओपनर अभिषेक शर्माले १३ बलमा ३५ र ट्रेविस हेडले १९ बलमा ३८ रन बनाए। नितिश कुमार रेड्डी २९ रनमा अविजित रहे। उनले १३ बल खेलेर २ वटा छक्का र २ वटा चौका लगाए। सनराइजर्सको ईनिंग्समा जम्मा १७ वटा छक्का दर्ता गरियो। त्यसपछि म्याच जित्न २३६ रनको लक्ष्यलाई पीछा गर्दै पञ्जाब किंग्सले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो। पञ्जाबको तर्फबाट कूपर कोनोलीलाई छोड़ेर अन्य कसैले उल्लेखनीय योगदान दिन सकेनन्। कोनोलीले ५९ बलमा अविजित १०७ रन बनाएर अन्तसम्म लड़ाइँ गरे। उनले ८ वटा छक्का र ७ वटा चौका लगाए। यसबाहेक मार्कस स्टोइनिसले २८ र सूर्यांश शेडगेले २५ रन बनाए। कप्तान श्रेयस अय्यर केवल ५ रन बनाएर पभेलियन फर्किए। सनराइजर्सको तर्फबाट कप्तान प्याट कमिन्स र शिवांग कुमारले २-२ विकेट लिए।

About Author

Advertisement