न्यूजील्याण्ड जाने भारतीय महिला हकी टीमको घोषणा

IMG-20260518-WA0102

नयाँ दिल्ली: हकी इण्डियाले न्यूजील्याण्डको अकल्याण्डमा १५ देखि २१ जूनसम्म हुने एफआईएच हकी महिला नेशन्स कपको निम्ति भारतीय टीमको घोषणा गऱ्यो। टीममा युवा डिफेण्डर लालथन्तलुआंगी र शिल्पी डबासलाई स्थान दिइएको छ। भारतसँग पूल ए-मा जापान, अमेरिका र उरुग्वे रहेको छ। यसरी पूल बी-मा आयोजक न्यूजील्याण्ड, चिली, दक्षिण कोरिया र फ्रान्स रहेको छ। भारतको पहिलो म्याच १५ जूनमा अमेरिकाविरुद्ध रहेको छ। टुर्नामेण्टको सेमिफाइनल म्याचहरू २० जून र फाइनल २१ जूनमा खेलिनेछ। सलीमा टेटे-ले यस टुर्नामेण्टमा पनि टीमको कप्तानी गर्नेछिन्।
भारतीय महिला हकी टीम यसप्रकार रहेको छः
गोलकीपरः सविता पूनिया, बिचू देवी खारीबाम।
डिफेण्डरः सुशीला चानू पुखरम्बम, इशिका चौधरी, लालथन्तलुआंगी, शिल्पी डबास, ज्योति, निक्की प्रधान।
मीडफिल्डरः सलीमा टेटे (कप्तान), नेहा, सुनेलिता टोप्पो, साक्षी राणा, दीपिका सोरेंग, लालरेम्सियामी।
फरवर्डः नवनीत कौर, दीपिका, रुतुजा दादासो पिसल, इशिका, अन्नू।

About Author

Advertisement