न्यूजील्याण्डविरुद्ध बेल्जियमको एकतर्फी जीत

0446b7b2-40bf-4c3a-ab5a-1932b25f8da1

वेंकूवर: बेल्जियमले दोस्रो हाफमा गोलको वर्षा गर्दै फिफा वर्ल्ड कप २०२६-को नक्आउट राउण्डमा प्रवेश गऱ्यो। शनिवार बिहान क्यानाडाको बीसी प्लेस वेंकूवरमा खेलिएको ग्रुप जी-को म्याचमा बेल्जियमले न्यूजील्याण्डलाई ५-१-ले पिट्यो। यस जीतको साथ बेल्जियम ३ वटा म्याचमा ५ अंकको साथ गोल अन्तरको आधारमा ग्रुप विजेता बन्यो। यस म्याचमा यूरोपेली महाशक्ति अघि न्यूजील्याण्डको कुनै शीप चलेन। म्याचमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने बेल्जियमको तर्फबाट लिएण्ड्रो ट्रोसार्डले २ गोल गरे। आर्सनलका फरवर्डले २८औं मिनटमा टीमको निम्ति गोलको खाता खोले। म्याचको मध्यान्तरसम्म बेल्जियमसँग केवल १ गोलको बढ़त रहेको थियो तर टीमले रहल समयमा अझ ४ गोल गरी म्याचलाई एकतर्फी बनायो। ट्रोसार्डले ५०औं मिनटमा व्यक्तिगत दोस्रो गोलको साथ बढ़तलाई दोब्बर पारे। बेल्जियमको निम्ति म्याचको तेस्रो गोल दिग्गज मीडफिल्डर केविन डी ब्रूूनेले ६६औं मिनटमा गरे। बेल्जियमको निम्ति रहल २ वटा गोल स्थानापन्न खेलाड़ीहरूले गरे। स्टार फरवर्ड रोमेलु लुकाकुले ८६औं मिनटमा अनि एलेक्सिस सेलेमेकर्स इञ्ज्युरी टाइमको चौथो मिनटमा गोल गरी टीमको जीत सुनिश्चित गरे। म्याचको अधिकांश समय नै दबाउमा रहने न्यूजील्याण्डबाट एलिजाह जस्टले ८४औं मिनटमा एकमात्र गोल गरे। यस हारको साथ न्यूजील्याण्ड वर्ल्ड कप २०२६-को ग्रुप चरणमै बाहिर भयो।

About Author

Advertisement