नेहुर बालासन गुराँस परिवार समाजद्वारा मानिसहरू हिँड्ने बाटो निर्माण

IMG-20260508-WA0073

सोनादा: नेहुर बालासन गुराँस परिवार समाजद्वारा मानिसहरू हिँड्ने बाटो निर्माण कार्य सम्पन्न गरेका छन्। ‘प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हात महान हुन्। नेहुर बालासन चियाबारी सिरान गाउँ गुराँस परिवार समाजद्वारा गाउँस्थित टपको डाँडा स्व बसन्त गुरूङ स्मारकदेखि बबी घिमिरेसम्म गाउँमा जाने बाटोको अवस्था एकदमै खराब थियो। यो बाटोको अवस्था धेरै वर्षदेखि खराब थियो जसको कारण गाउँको विशेष बूढ़ा बूढ़ी, श्रमिकवर्ग, बिमारीहरु, स्कूले विद्यार्थीवर्ग, ग्रामवासीहरूलाई हिँड्न धेरै नै असुविधा भईरहेको थियो। उक्त बाटो हुँदै मानिसहरू सौदापात बोकेर हिँडडुल गर्न पनि धेरै समस्या थियो। रातमा पनि बिमारीहरूलाई धेरै असुविधा असुविधाहरु थियो। गाउँको उक्त समस्यालाई मध्यनजर गरेर समाजको विशेष पहलमा मानिसहरू हिँड्ने बाटो निर्माण कार्य गरियो।‌ बाटो निर्माण गरिएपछि गाउँवासीहरूले धेरै नै सुविधाको उपभोग गरिरहेको छन्। उक्त बाटो निर्माण कार्यको निम्ति विशेष स्थानीय एम होप चियाबारी निवासी समाजसेवी निलन धमाला गोर्खेद्वारा सिमेन्ट,बालुवा, गिटी,ढुंगा आदि समाग्रीहरू प्रदान गरि सहयोग पुराएकोमा सम्पूर्ण ग्रामवासी एवं गुराँस परिवार समाजको पक्षबाट धन्यवाद प्रकट गरिएको छ। यसको साथै हरिमाया प्रधान, सुशिला प्रधान, राजीव राईले जानकारी दिएका छन्।

About Author

Advertisement