नेहुर बालासनमा फूलपाती शोभायात्रा समारोह सम्पन्न : पत्रकार सुवास छेत्रीलाई सम्बर्ध्दना

IMG-20221002-WA0177.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको नेहुर बालासन विकास समितिको आयोजना अनि सूचना एवम् सांस्कृतिक विभाग जीटीएको तत्वाधानमा पहिलो फूलपाती शोभायात्रा निकालियो। उक्त शोभायात्राले सम्पूर्ण गाउँ परिक्रमा गरी यहाँको प्राथमिक पाठशालामा आएर एउटा कार्यक्रममा परिणत भयो। कार्यक्रममा मुख्य अतिथिको रूपमा टुङ-सन्तमेरिज समष्टि सभासद नुरी शेर्पा उपस्थित थिए। उनकै बाहुलीबाट महात्म गान्धीको तस्वीरमा दीप प्रज्वलन गरेर कार्यक्रमको आरम्भ गरियो। कार्यक्रममा शैक्षिक क्षेत्रमा सर्वोउत्कृष्ट अंक ल्याएर परीक्षा पास गर्ने विद्यार्थीहरूलाई सम्मान जनाइयो भने पत्रकार सुवास छेत्री अनि सोनादा आउट पोस्ट प्रभारी मित्र देवानलाई उनीहरूले आ-आफ्नो क्षेत्रमा पुर्याइरहेको योगदानलाई सम्मान गर्दै सम्बर्द्धना जनाइयो। कार्यक्रममा सोनादा आउट पोस्टको पक्षबाट मानव तस्करी, ड्रक्स सेवन, अनलाइन फ्रड, पोक्सो एक्ट लगायत अन्य विषयमाथि जनचेतना कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सभासद् नुरी शेर्पाले बालसन क्षेत्र खुबै सम्बृदशाली रहेको जनाउँदै यस क्षेत्रले धेरै विशिष्ट व्यक्तिहरू जन्माएको बताए। तिनले यस क्षेत्रको विकासको निम्ति आफू सदैव तत्पर रहने पनि वचन दिए। कार्यक्रममा नृत्य प्रतियोगिता पनि राखिएको थियो।

About Author

Advertisement