गान्ताेक: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले सिक्किमेली जनताको तर्फबाट माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई भारतको इतिहासमै सबैभन्दा लामो अवधिसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा दरो बधाई टक्र्याएका छन्।सांसद सुब्बाले आफ्नो सन्देशमा भनेका छन्, लगातार ४,३९९ दिन कार्यभार सम्हालेर प्रधानमन्त्री मोदीजीले देशको लोकतान्त्रिक इतिहासमा एउटा ऐतिहासिक कीर्तिमान कायम गरेका छन्, र भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको रेकर्डलाई पनि उछिनेका छन्। यो ठुलो उपलव्धिले लगातारको चुनावी जनादेशमार्फत भारतका जनताले मोदीजीको नेतृत्वमाथि कति साह्रो भरोसा र विश्वास राखेका छन् भन्ने कुरालाई स्पष्ट पार्छ।विगतका वर्षहरूमा उनको कार्यकाल पूर्वाधार विकास, डिजिटल सुशासन, सामाजिक कल्याण र विश्व मञ्चमा भारतको स्थितिलाई दह्रो बनाउने जस्ता परिवर्तनकारी कार्यहरूका लागि उल्लेखनीय रहेको कुरा उनले बताए। यो ऐतिहासिक क्षण मोदीजीको जनस्तरको बलियो पकड र भारतको जीवन्त लोकतान्त्रिक प्रणालीको सुन्दर उदाहरण भएको उनले उल्लेख गरे।सिक्किमको सांसदको हैसियतमा, सम्पूर्ण नागरिकहरूसँग मिल्दै उनले यस ऐतिहासिक घडीमा प्रधानमन्त्री मोदीजीलाई बधाई दिँदै देशलाई अझ बढी प्रगति, समृद्धि र समावेशी विकासतर्फ अघि बढाउनका लागि उनको निरन्तर सफलताको कामना गरेका छन्।










