नेवार भाषा तथा संस्कृति राष्ट्रिय संस्थानका प्रतिनिधिहरूद्वारा मुख्यमन्त्रीसॅंग भेट

cmp_119

गान्तोकः नेवार भाषा तथा संस्कृति राष्ट्रिय संस्थान, सिक्किमका प्राचार्य, शिक्षक र विद्यार्थीहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग उनको सरकारी आवासमा भेट गरे। यस भेट अवधि प्रतिनिधिहरूले संस्थानको कामकाज, पाठ्यक्रमहरूको मुख्य विशेषता आदि विषय जानकारी गराए। मुख्यमन्त्रीले सिक्किम आदिवासी भाषा बोर्ड, सिक्किम अधिनियम, २०२२ को बारेमा जानकारी गराउॅंदै राज्य सरकार स्थानीय भाषा र संस्कृतिहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनको निम्ति गम्भीर रहेको बताए।

मुख्यमन्त्रीले नेवार भाषा अनि संस्कृतिमाथि एक वर्षे डिप्लोमा सफलतापूर्वक पूरा गरेको निम्ति १६ जना विद्यार्थीलाई बधाई दिए। उनले विद्यार्थीहरूलाई काठमाण्डौंको त्रिभुवन विश्वविद्यालयमा इन्टर्नशिपको निम्ति शुभकामना दिए।

About Author

Advertisement