कोसी नदीको उपधारामा डुब्दा किशोरीको मृत्यु

00-1-Rashtriya-Samachar-21

सहरसाः जिल्लाको सलखुआ थाना र कोपरिया पञ्चायतको माठा गाउँस्थित कोसी नदीको उपधारामा आइतवार एक किशोरीको डुबेर मृत्यु भयो। किशोरीको पहिचान मधेपुरा जिल्लाको मुरलीगञ्ज थानाको बरियाही गाउँ निवासी शशि यादवको १६ वर्षीय छोरी साधना कुमारीको रूपमा गरिएको छ। घटनाको सूचना पञ्चायत समिति सदस्य पीयूष गोयलले सलखुआ थानालाई दिए। थानाध्यक्ष गुड्डु कुमारको निर्देशमा एसआई सोनू कुमार घटनास्थलमा पुगेर पन्चनामा तयार गरी शवलाई पोस्टमार्टमको निम्ति सदर अस्पताल पठायो।

प्रत्यक्षदर्शीहरूले घटनाको सम्बन्धमा बताए, किशोरी आफ्नो बाजेको गाउँ माठामा बसेर पढ्नेगर्थिन्। आइतवार आफ्नो बोजूको साथ दाउरा लिन नदी नाघिरहेको समय गहिरो पानीमा खुट्टा पर्दा डूबेर उसको मृत्यु भयो। घटनाको जानकारी पाएपछि स्थानीय मानिसहरूद्वारा किशोरीको खोजबीन गरी नदीबाट बाहिर निकालियो। तर किशोरीको मृत्यु भइसकेको थियो।

-हिस

About Author

Advertisement