खरसाङ: नेपालमा चलिरहेको नेपाल सिङगिङ्ग सुपर स्टारको टप ७ मा पुग्न सफल पहाडका पहाडका दुईजना कलाकारहरु रजत सुब्बा र रितेस छेत्रीलाई जिताउन खरसाङमा पत्रकार सम्मेलन गरेर भोट दिएर जिताउने अपिल गरेका छन्। नेपाल सिङगिङ सुपर स्टारको टप ७ मा सोनादा अन्तर्गत मार्गरेट्स होप चियाबारी निवासी रजत सुब्बा र दार्जिलिङको लेबोङ निवासी रितेस छेत्रीलाई जिताउन सबैलाई भोट गरिदिने अपिल गरेका छन्। उक्त पत्रकार सम्मेलनमा कलाकार एंव अखिल भारतीय गोर्खा कलाकार संघका अध्यक्ष साथै भारत नेपाल कलाकारहरुका संयोजक नसीब मुखिया, नेपाल आईडल सिजन ५ का फाइनलिस्ट मोहित भुजेल, कलाकार शिशिर लिम्बु र नेपाल सिङगिङ्ग सुपर स्टारका दुई प्रतियोगी रजत सुब्बा र रितेस छेत्री उपस्थित रहेका थिए। यस अवसरमा नसीब मुखियाले रजत सुब्बा र रितेस छेत्रीले दार्जिलिङ पहाडको प्रतिनिधित्व गर्दै नेपालमा पुगेर अन्तर्राष्ट्रिय मञ्चमा असल प्रदर्शन गरिरहेकाले गर्दा दुवैलाई प्रचुर मात्रामा भोट दिएर विजय वनाउने अपिल गरेका छन्। उनले दार्जिलिङका उम्दा दुई कलाकारहरुलाई सबैले माया र साथ दिने र कलाकारलाई अघि बढ्न सहयोग गर्ने अपिल पनि गरेका छन्। यस क्रममा दुवै प्रतियोगी रजत सुब्बा र रितेस छेत्रीले पनि पत्रकारहरुलाई सम्बोधन गर्दै भोटको अपिल गरेका छन्। दुवैले कसरी भोट हाल्न सकिने र कसरी सहयोग गर्न सकिने भन्ने विषयमा विस्तृत जानकारी गराएका छन्। दुवैले सबैको साथ, सहयोग र मायाको कारणले टप ७ मा पुगेको र अब टप ६ र फाइनल राउण्डसम्म पुग्नलाई सबैले साथ, सहयोग र माया गरिदिने निवेदन गरेका छन्।





