नेपाल-चीन सीमाको हिल्सामा क्वारेन्टाइन स्थापना गर्न चीनियाँ पक्षको मांग

IMG-20240828-WA0217

भद्रपुर: नेपाल र चीनको सिमाना हिल्सामा क्वारेन्टाइन स्थापना गर्न चिनियाँ पक्षले सुझाव दिएको छ। नाम्खा गाउँपालिकाको आयोजनामा चीनको पुलान काउन्ट्रीको ताक्लाकोटबाट स्थानीयस्तरको समन्वय बैठकमा आएका चिनियाँ प्रतिनिधिले सो सुझाव दिएको हो।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले दुई देशको सिमाना हिल्सामा नेपाल सरकारले क्वारेन्टाइन स्थापना गरेर नेपाली खाद्यवस्तु चीनतर्फ लैजाने वातावरण तयार गर्न सुझाव दिएको बताए। उनले चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख डुनजुले ताक्लाकोटमा नेपाली स्थानीय खाद्य सामग्रीको माग धेरै भए पनि ती खाद्यवस्तुको गुणस्तर नापजाँच नभएका कारण हिल्साबाट चीनतर्फ आयात गर्न स्वीकृत नभएकाले नेपाली स्थानीय खाद्य सामग्री जान नसकेको धारणा बैठकमा राखेको बताए।
उनले नेपाली टोलीलाई सुझाव दिँदै प्रमुख डुनजुले हिल्सामा क्वारेन्टाइन स्थापना भएर खाद्यवस्तु चेकजाँच हुन सके जति पनि सामग्री लिन सकिने बताउछन्।
१५ वर्षअगाडिसम्म हुम्ला जिल्लाबाट स्याउ, चुली (एप्रिकट), उवा, फापर, कागुनो, चिनो, मिठे फापर, सातु, सिमी, मार्सी चामल, आलुलगायतका स्थानीय खाद्य सामग्री हिल्सा नाकाबाट हुम्लावासीले बिक्रीका लागि ताक्लाकोट लैजाने गर्थे।
हाल हिल्सामा क्वारेन्टाइन नभएका कारण खाद्यवस्तुको गुणस्तर परीक्षण नभएको भन्दै ती खाद्यवस्तु लैजान रोक लगाइएको छ। क्वारेन्टाइन स्थापना भएर हुम्लावासीले आफ्नो उत्पादन चीनको ताक्लाकोट लगेर बिक्री गर्न सके आम्दानीको स्रोत पनि वृद्धि हुने छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले हिल्सामा क्यारेन्टाइन स्थापनाका लागि जिल्लावासीका तर्फबाट पनि माग आइरहेको र आफूले सो माग अगाडि बढाइसकेको बताउछन्।

About Author

Advertisement