नेपाली भाषा मान्यता दिवसमा डा. घोषद्वारा शुभकामना व्यक्त

FB_IMG_1787239667081

भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश भएको ऐतिहासिक दिनको स्मरण

कोलकाता: पश्चिम बङ्गालका पर्यटन मन्त्री डा. शंकर घोषले नेपाली भाषा मान्यता दिवसका अवसरमा नेपाली भाषी तथा नेपाली भाषासँग जोडिएका सम्पूर्ण नागरिकहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
​सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै डा. घोषले सन् १९९२ को यसै दिन (२० अगस्ट) नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश भई भारतको आधिकारिक भाषाका रूपमा संवैधानिक मान्यता पाएको स्मरण गराए।
​उनले लेखेका छन्, “सन् १९९२ को यसै दिन भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश भएर नेपाली भाषा भारतको एक आधिकारिक भाषाका रूपमा मान्यता प्राप्त भएको थियो। नेपाली भाषा मान्यता दिवसका अवसरमा यस भाषासँग जोडिनुभएका सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।”

About Author

Advertisement