दार्जिलिङ: नेपाली भाषाको प्रयोगलाई लिएर क्रामाकाद्वारा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्रचार गरिएको छ। क्रामाकपा महासचिव नर्बु लामाले गत २० जुलाईको दिन बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सारा बंगालमा बंगला भाषा अनिवार्य गरिने भन्ने घोषणालाई तत्काल सांसद राजु विष्ट अनि क्षेत्रीय विधायकहरूद्वारा प्रतिवाद र निवेदनको आधारमा दार्जिलिङ तराई र डुवर्समा नेपाली भाषा नै प्रयोग हुन्छ भन्ने आश्वासन दिएको जानकारी गराएका छन्। उनले यसको स्वागत गर्दै तर यसरी कहिलेसम्म हाम्रो नेपाली भाषा संवैधानिक मान्यता पाएको बंगाल सरकारले १९६१ मैं नेपाली भाषा पहाडको तीनवटा महकुमामा दोस्रो सरकारी भाषा भनेर भनिएको थियो तर भाषामाथि घरि घरि यस प्रकारको संकटको स्थायी रूपमा समाधान होस् भन्ने हेतुले मुख्यमन्त्रीलाई पत्रचार गरिएको बताएका छन्। भारतको आठौँ अनुसूचीमा समावेस भएको भाषालाई बारम्बार अवहेलना हुने गरेकोले यस्तो अवस्थालाई अन्त्य गर्न अध्यादेश नै जारी गरिदिने अपील गरिएको छ।









