नेट बलरको रूपमा भारतीय टोलीमा सामेल भए ४ जना खेलाड़ी

IMG-20260805-WA0080

कोलम्बो: श्रीलंकाविरुद्ध १५ अगस्तदेखि शुरु हुने २ वटा टेस्ट म्याचको सीरीजमा भारतीय ब्याटरहरूलाई सहायता पुऱ्याउन हर्ष दुबे, तनुष कोटियन, विपराज निगम र स्पिनर शिवांग कुमारलाई नेट बलरको रूपमा टोलीमा सामेल गरिएको छ। श्रीलंकाविरुद्ध टेस्ट सीरीजको निम्ति भारतीय टोली मंगलवार श्रीलंका पुगिसकेको छ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले बुधवार जारी आधिकारिक बयानमा भनेको छ, हर्ष दुबे, शिवांग कुमार, तनुष कोटियन र विपराज निगम श्रीलंकाविरुद्ध पहिलो टेस्टको निम्ति तयारीमा टोलीलाई सहायता गर्न नेट बलरको रूपमा भारतीय टोलीमा सामेल भएका छन्। यो जानकारी शुभमन गिलको कप्तानीमा रहने टोलीको ननडेस्क्रिप्ट्स क्रिकेट एकाडमी (एनसीसी) ग्राउण्डमा पहिलो अभ्यास सत्र शुरु भएपछि दिइयो। यी चारजना खेलाड़ीले मुख्य टोली या प्रथम एकादशमा स्थान पाउने सम्भावना कम्ती नै छ तर यस अनुभवले उनीहरूलाई सिक्ने अनि अघि बढ़ने असल मौका प्रदान गर्नेछ। कोलम्बोको एनसीसी-मा ७-देखि ९ अगस्तबीच ३ दिवसीय अभ्यास म्याचमा हिस्सा लिएपछि भारतीय टोली गाल जानेछ, जहाँ १५ अगस्तदेखि सीरीजको पहिलो टेस्ट म्याच खेलिनेछ। त्यसपछि २३-देखि २७ अगस्तसम्म सिंहली स्पोर्टस क्लबमा सीरीजको दोस्रो तथा अन्तिम टेस्ट म्याच खेलिनेछ।

About Author

Advertisement