गोरुबथान: भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई एउटा विरुवा आमाको नामलाई आत्मसात गर्दै अरण्य सप्ताहको दोस्रो दिन नेउरा रेन्ज गोरुबथानमा पनि विरुवा रोपन कार्यक्रम सम्पन्न गरियो।यस महत कार्यमा कालिम्पोङ विधानसभा क्षेत्रको विधायक भरत छेत्रीको बाहुलीबाट पनि विरुवा रोपन गरियो।
बन विभागीय अधिकारीगण, बिट अफिसरहरु तथा बन विभाग कर्मचारीहरु, विधायक भरत छेत्री, ए.डि.एफ.ओ. ग्याबो लेप्चा, सोङदेन लेप्चा सचिव, पन्चायत प्रधान, सदस्यागण, गोरुबथान थाना प्रभारी, मन कुमार सुब्बा पन्चायत समिति सदस्य, शिक्षक किरण प्रधान तथा युद्धवीर उच्चतर माध्यमिक विद्यालयका एन.एस.एस. का विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो। कालिम्पोङ बन विभागका ए.डी.एफ.ओ. ग्याबो लेप्चाको उपस्थितिमा नेउरा रेन्जमा अरण्य सप्ताहको शुभारम्भ गरियो।बन विभागबाट रेन्ज अफिसरहरु क्रमैले रुपमा तामाङ, दुर्गा प्रसाद, रकम बहादुर राई, सचिन विश्वकर्माको पनि उपस्थिति रहेको थियो।











