नीरजको साथमा रोहित र यशवीर फाइनलमा स्थान बनाउन सफल

IMG-20260730-WA0055

ग्लास्गो: नीरज चोपड़ासहित भारतका तीनजनाले एथलीटले राष्ट्रमण्डल खेलहरू २०२६-को ज्याभलिन थ्रो स्पर्धाको फाइनलमा स्थान बनाए। बिहीवार भएको क्वालीफिकेशन चरणमा दुईपल्टका ओलम्पिक पदक विजेता नीरज पाँचौं स्थानमा रहे। क्वालीफिकेशन चरणमा १८ जना खेलाड़ीलाई ३-३ वटा थ्रो गर्नु थियो अनि नीरजले केवल दुईवटा प्रयासमै फाइनलको निम्ति क्वालीफाई गरे। उनको सर्वश्रेष्ठ प्रयास ७९.६१ मीटरको रह्यो। क्वालीफिकेशन चरणबाट सर्वश्रेष्ठ १२ वटा थ्रो गर्ने खेलाड़ीहरूले फाइलमा स्थान बनाए। अस्सी मीटरको दूरी पनि तय नगर्ने नीरजको प्रयास ओलम्पिक च्याम्पियन पाकिस्तानका अरशद नदीमभन्दा चाहिँ असल रह्यो, जो लय हासिल गर्ने प्रयास गरिरहेका छन्। फाइनलमा स्थान बनाउने १२ जनामा कसैले पनि ८४ मीटरको क्वालीफिकेशन मार्क पार गर्न सकेनन्। नीरजको साथमा भारतका रोहित यादव र यशवीर पनि क्वालीफाईंग चरणमा ओर्लिएका थिए अनि यी दुईजनाले पनि फाइनलको टिकट हासिल गरे। फाइनल ३१ जुलाई (भारतमा एक अगस्त) अबेर राति १२ः४५ बजीदेखि शुरु हुनेछ। क्वालीफिकेशन चरणमा श्रीलंकाका रुमेश थरंगा पथिरागेले आफ्नो पहिलो प्रयासमै ८२.२४ मीटरको थ्रो गरे। त्यसपछि उनले रहल दुईवटा प्रयास गरेनन्। उनी पहिलो स्थानमा रहेर फाइनलमा पुगे। यसरी ग्रेनाडाका एण्डरसन पीटर्स ८१.२९ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ दोस्रो स्थानमा रहे। दक्षिण अफ्रिकाका डू स्मिट पहिलो प्रयासमा ८०.६४ मीटरको थ्रो गरी तेस्रो स्थानमा रहेर फाइनलमा पुगे। ईंग्ल्याण्डका बेन ईष्टले आफ्नो दोस्रो प्रयासमा ८०.३८ मीटरको थ्रो गरी चौथो स्थान हासिल गरे। यसरी नीरजको पहिलो प्रयास ७६.२८ मीटरको रह्यो तर दोस्रो प्रयासमा उनले ७९.६१ मीटरको दूरीमा भाला फ्याँके अनि सीधै पाँचौं स्थान हासिल गरे। यसरी रोहित यादवको पहिलो प्रयास ७७.०४ मीटर अनि दोस्रो प्रयास ७८.३७ मीटरको रह्यो। उनी नवौं स्थानमा रहे। यशवीरको पहिलो प्रयास ७३.८९ मीटर अनि दोस्रो प्रयास ७४.४५ मीटरको रह्यो। त्यस समय उनले फाइनलको निम्ति क्वालीफाई गर्न नसक्ने लागिरहेको थियो तर अन्तिम प्रयासमा ७८.३६ मीटरको थ्रो गरी उनी दशौं स्थानमा रहेर फाइनलमा पुगे। यसबीच पाकिस्तानका अरशद नदीमले पहिलो प्रयासमा ७८.६३ मीटरको थ्रो गरे, जुन यस सत्रमा उनको सर्वश्रेष्ठ प्रदर्शन हो। उनको दोस्रो थ्रो फाउल रह्यो। तेस्रो प्रयासमा ७५.६५ मीटरको थ्रो गरी उनी सातौं स्थानमा रहेर फाइनलमा पुगे। उल्लेखनीय छ, नीरजले २०१८ को गोल्ड कोस्ट खेलहरूमा स्वर्ण पदक जितेका थिए। त्यसपछि चोटले गर्दा उनले २०२२ बर्मिंघम खेलहरूमा हिस्सा लिन सकेनन्। यसपाली उनी फेरि एकपल्ट स्वर्ण जित्ने लक्ष्य लिएर मैदानमा ओर्लिएका छन्।

About Author

Advertisement