नीट उत्तीर्ण सरकारी विद्यालयका विद्यार्थीलाई राज्य सरकारले आर्थिक सहयोग गर्ने

photocollage_202691705947515

​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)ले नीट परीक्षा उत्तीर्ण गरी एमबीबीएस अध्ययनका लागि योग्य बनेका सरकारी विद्यालयका विद्यार्थीहरूलाई राज्य सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने घोषणा गरेका छन्।
​स्थानीय हेलन लेप्चा सिक्किम मेडिकल कलेज र सिक्किम मनिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा सिट नपाएपछि यी विद्यार्थीहरूले पश्चिम बङ्गाल तथा अन्य राज्यका निजी मेडिकल कलेजहरूमा भर्ना पाएका हुन्।
​विपन्न तथा दुर्गम क्षेत्रका यी विद्यार्थीहरूको सपना पूरा गर्न राज्य सरकारले आवश्यक आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने मुख्यमन्त्री तामाङले बताएका छन्। युवाहरूलाई सशक्त बनाउँदै हरेक योग्य विद्यार्थीले आफ्नो लक्ष्य हासिल गर्न पाउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

About Author

Advertisement