सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा आयोजित निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टमा कञ्चनजंघा एफसी-ले सेमिफाइनलमा स्थान बनायो। मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा शनिवार भएको क्वार्टर फाइनल म्याचमा कञ्चनजंघा एफसी-ले नमो बुद्ध रिम्बिकलाई १-०-ले पराजित गऱ्यो। कञ्चनजंघा एफसी-ले पहिलो सेमिफाइनलमा कालेबुङ पुलिसको चुनौती स्वीकार्नेछ। यसरी नै दोस्रो सेमिफाइनल दार्जीलिङ एरोज र एमएमएफसी निरपानीबीच खेलिनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १९ र २० जनवरी २०२३-मा हुनेछ। फाइनल २२ जनवरीमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











