सोनादा: निम्न सोनादा ठेकेदार संगठनद्वारा विभिन्न विषयहरुमा सुखे पोखरी खण्ड विकास अधिकारी र सुके पोखरी पञ्चायत समिति सभापतिसित भेटघाट गरेका छन्। उक्त भेटघाटको मुख्य उद्देश्य सुखे खण्ड अन्तर्गत र पञ्चायत समिति अन्तर्गत निम्न सोनादा क्षेत्रमा जति पनि कामहरु आउँछ त्यसको जानकारी निम्न सोनादा ठेकेदार संगठनलाई पनि याद हुनुपर्छ साथै अन्य विभिन्न विषयहरुमा पनि भेट गरिएको जानकारी प्राप्त भएको छ। उक्त भेटपछि सुखे खण्ड विकास अधिकारी र सुखे खण्ड पञ्चायत समितिको सभापति दुवैले निम्न सोनादा ठेकेदार संगठनलाई आश्वासन दिएका छन् कि आगामी दिनमा जति काम विषयमा जानकारी गराइने भएको छ। उक्त भेटघाटको क्रममा निम्न सोनादा ठेकेदार संगठनकाे प्रतिनिधिहरु उपस्थित रहेका थिए भनी सुखदेव राईले जानकारी दिएका छन्।





