निमसाङ लिम्बू मञ्जुश्री ट्रेल रेस मा भाग लिन काठमाण्डौं प्रस्थान

n5968660801712069284621c4fa67a61491c16b1546e6727b140821db42e5cfd4dfa7a173f56f6e394c347e.jpg

गान्तोक: म्यारथन म्यान अफ् सिक्किम अमर सुब्बा र उनका चेला निमसाङ लिम्बू नेपालको राजधानी काठमाण्डौंमा हुन लागिरहेको मञ्जुश्री ट्रेल रेस- मा भाग लिन काठमाण्डौं प्रस्थान भएका छन्। उक्त दौड़ प्रतियोगिता आगामी ५ अप्रेलमा हुने बताइएको छ।

यस प्रतियोगिता अन्तर्गत अमर सुब्बाले १०० माइल दौड़मा भाग लिइरहेका छन्। अमर सुब्बाले हालैमा कालेबुङमा आयोजित ९० किलोमिटर अल्ट्रा रनमा दोस्रो स्थान हासिल गरेका थिए। यसैगरी, निमसाङ लिम्बूले ५० किलोमिटर ट्रेल रनमा भाग लिइरहेका छन्।

जानकारी अनुसार, मञ्जुश्री ट्रेल रेसलाई विश्वकै एउटा सबैभन्दा गाह्रो प्रतियोगिताको रूपमा लिइन्छ। यस प्रतियोगिताले एशियन ट्रेल रेसमा भाग लिने अवसर पनि प्रदान गर्दछ।

About Author

Advertisement