नार्को समितिको समन्वय सभा सम्पन्न

IMG-20240807-WA0210

गान्तोक: प्रत्येक महिना सम्पन्न हुने नार्को समितिको समन्वय सभा हिजो गेजिङ जिल्लाको राब्देञ्चीको जिल्ला प्रशासनिक केन्द्रम सम्पन्न भयो। विशेष गरेर नार्को समिति र जोइन्ट एक्सन प्लानको पहलमा आयोजित सभामा नानीहरूमा देखिएको नशालु पदार्थ सेवन अनि नशालु पदार्थको बिक्री साथै नियन्त्रणलाई लिएर छलफल गरियो। उक्त सभामा गेजिङ जिल्लाकी अतिरिक्त जिल्लापाल रजनी शर्मा, महकुमा अधिकारी तिरसाङ तामाङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै महकुमा अधिकारी तामाङले उक्त सभाको एजेन्डाबारे चर्चा गर्दै उनले पुलिस विभागलाई प्रत्येक विद्यालयहरूमा सीसीटीभी तीन पटक जाँच गर्नुपर्ने आग्रह गरिन्। राज्यको कृषि विभागले प्रत्येक महिना पुलिस विभागसँग मिलेर कतिपय विरूवाहरूलाई उखाल्ने कार्य गर्दै आइरहेको सभामा जानकारी गराइयो।विशेष गरेर कृषकहरूलाई यसबारेमा सचेत गराउने उद्देश्यले यस प्रकारको योजना तयार गरिएको हो। राज्यको शिक्षा विभागले प्रत्येक विद्यालयमा प्रहरी क्लवको स्थापना गर्ने निर्देश दिएको र उक्त क्लवले नशालु पदार्थ सम्वन्धि सचेतना ल्याउनकोसाथै यसको रोकथाम गर्नमा ठूलो भूमिका निर्वाह गर्न सक्ने सम्भावना व्यक्त गरिएको छ। राज्यको आवकारी विभागलाई मदिरा पसलको छेउछाउमा सीसी क्यामेरा जडान गर्नु पर्ने निर्देश दिएको छ।

About Author

Advertisement