काबीमा स्वाधीनता दिवस फूटबल प्रतियोगिता जारी

IMG-20240807-WA0227

काबी: उत्तर सिक्किमको काल्जङ ग्यात्छो उच्चत्तर माध्यमिक विद्यालयको खेल मैदानमा जारी स्वाधीनता दिवस फूटबल प्रतियोगिताको आज सातौं दिनको दुईवटा खेलमा सोल अफ् सिक्किम अनि काल्जङ्ग ग्यात्छो उच्चत्तर माध्यमिक विद्यालयले जीत हासिल गर्दै अर्को चरणमा प्रवेश गरेको छ।
पहिलो रोमाञ्चक खेलमा पेनल्टी किक् मार्फत रङ्गङग युथ क्लबलाई पराजित गर्दै सोल अफ् सिक्किम अघिल्लो चरणमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा भूतपूर्व विधायक हाङ्गु छिरिङ बार्फुङ्गपा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। उनीसँगै लिङ्गचोम तिङ्गदा ग्राम पञ्चायतका सभापति छिवाङ फूर्बा शेर्पा अनि काबी रंगपा ग्राम पञ्चायत इकाईका उप-सभापति सोनाम छिरिङ भोटिया, पञ्चायत सदस्य वाङ्गछुक भोटिया संगठनका वरिष्ठ सल्लाहकार टाशी लेण्डुप भोटिया र विद्यालायकी प्रधान अध्यापिका श्रीमती मुन्ना तामाङ अनि जेएफएमसीका नवनियुक्ति अध्यक्ष पिञ्छो टाशी भोटिया उपस्थित रहेका थिए।
दोस्रो चरणको खेल प्रतियोगिता काल्जङ्ग ग्यात्छो उच्चत्तर माध्यमिक विद्यालयका कर्मचारी बनाम ठण्डर स्ट्राइकमाझ भिड़न्त भएको थियो। दोस्रो चरणको म्याचमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उत्तर जिल्ला पञ्चायत प्रकोष्ठका महासचिव लाजोङ भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने म्याच कमिश्नर उत्तर जिल्लाका भूतपूर्व उपाध्यक्ष पाल्देन बार्फुङ्गपा उपस्थित रहेका थिए। दोस्रो चरणको म्याच विद्यालय पक्षले विजय हासिल गरेको छ। दुवै चरणको कार्यक्रमको शुभारम्भ अघि मुख्य अतिथिहरूले “एक पेड माँ के नाम’’ अभियान अन्तर्गत एउटा एउटा रुखको बिरुवा पनि रोपे।

About Author

Advertisement