मुख्यमन्त्री प्रेम सिंह तामाङको आह्वान
गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले अप्रिल १७, २०२६ मा आयोजना हुने भव्य र्यालीमा सहभागी भई इतिहासको हिस्सा बन्न सबैलाई आह्वान गरेका छन्। उक्त र्याली नारी शक्ति वन्दन अधिनियमको समर्थन तथा उत्सवका रूपमा आयोजना गर्न लागिएको हो।
मुख्यमन्त्रीले यस अधिनियमलाई सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा अघि बढाइएको एक ऐतिहासिक सुधारका रूपमा उल्लेख गर्दै यसले महिलाको सशक्तिकरण तथा राष्ट्र निर्माणमा समान सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको बताए।
उनले यो कदमले लोकतन्त्रमा महिलाको आवाज, सम्मान र नेतृत्वलाई अझ मजबुत बनाउने सामूहिक प्रतिबद्धताको प्रतिविम्ब भएको उल्लेख गरे। साथै उनले सबै नागरिकलाई एकजुट भएर यस महत्वपूर्ण अवसरलाई गर्वका साथ मनाउन र समावेशी तथा प्रगतिशील भारत निर्माणतर्फ अगाडि बढ्न आग्रह गरे।










