यूएफा च्याम्पियन्स लीगः रियल म्याड्रिड बाहिर, बायर्न म्यूनिख र आर्सनल सेमिफाइनलमा पुग्न सफल

IMG-20260416-WA0053

म्यूनिख: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा जर्मनीको क्लब बायर्न म्यूनिख र प्रीमियर लीग क्लब आर्सनलले सेमिफाइनलमा प्रवेश गऱ्यो। यी दुईवटा क्लबले विपरीत परिस्थितिहरूमा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टर फाइनलको वाधा पार गऱ्यो। बुधवार राति खेलिएको क्वार्टर फाइनल राउण्डको दोस्रो लेगको म्याचमा बायर्न म्यूनिखले रेकर्ड १५ पल्टको च्याम्पियन रियल म्याड्रिडलाई ४-३-ले पराजित गऱ्यो। यसअघि पहिलो लेगको म्याचमा पनि २-१-ले जीत हासिल गरेको हुनाले बायर्न म्यूनिख समग्रमा ६-४-ले विजेता बन्यो। म्याच चरम रोमाञ्चक र उतार-चड़ाउले भरिएको रह्यो, जसमा स्पेनिश क्लबले अधिकांश समय नै बायर्नलाई दबाउमा राखेको थियो। म्याचमा एक समय त रियल म्याड्रिड २-१-ले अघि रहेको थियो अनि त्यस समय समग्रमा स्कोर ४-४-को बराबरीमा रहेको थियो। म्याचको अन्तिम क्षणमा चाहिँ रेफरीको विवादित फसेलाले बायर्नले म्याचमा फर्किने मौका पायो। म्याचको ८६औं मिनटमा युवा डिफेण्डर एडुआर्डो कामाविंगाले रेड कार्ड देखेपछि रियल म्याड्रिड दबाउमा पऱ्यो। त्यही मौकालाई काममा लगाउँदै बायर्नले रहल समयमा २ गोल गरी म्याच जित्यो।
यस अवे म्याचमा ३३ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडको शुरुवात असाधारण रह्यो। बायर्नका गोलकीपर मेनुएल नुयेरको गल्तीलाई काममा लगाएर अर्दा गुलेरले लामो दूरीबाट गोल गरी पहिलो मिनटमै रियललाई बढ़त दिलाए। त्यसको ५ मिनटपछि बायर्नले पनि म्याचमा बराबरी हासिल गऱ्यो। एलेक्साण्डर पावलोविचले छैटौं मिनटमा होम टीमलाई गोल दिलाए। अर्दा गुलेरले फेरि एकपल्ट असाधारण दक्षताको साथ रियललाई बढ़त दिलाए। उनले २९औं मिनटमा दर्शनीय गोल गरे। बायर्न म्याचमा फेरि एकपल्ट फर्किन सफल भयो अनि ह्यारी केनले ३८औं मिनटमा टीमलाई दोस्रो गोल दिलाए। त्यसपछि फ्रान्सीसी फरवर्ड कीलियन एम्बाप्पेले ४२औं मिनटमा असाधारण फिनिशको साथ रियललाई मध्यान्तर अघि ३-२-को बढ़त दिलाए। दोस्रो हाफको खेलमा दुई टीमबीच रोचक प्रतिस्पर्धा भयो तर ८६औं मिनटमा कामाविंगाले रेड कार्ड देखेपछि रियल म्याड्रिडलाई ठूलो झट्का लाग्यो। विपक्षी टीम १० जना खेलाड़ीमा सीमित भएको मौकाको फाइदा उठाउँदै लुईस डियाजले ८९औं मिनटमा बायर्नलाई म्याचको तेस्रो गोल दिलाए। अन्तमा माइकल ओलिसले इञ्ज्युरी टाइमको चौथो मिनटमा गोल गरी बायर्नको जीत सुनिश्चित गरे। म्याच सकिन साथ रेफरीलाई विवाद फसेलाहरूको निम्ति चुनौती दिने रियलका फरवर्ड अर्दा गुलेरलाई १२०औं मिनटमा रेड कार्ड देखाइयो।
यसरी आर्सनल र स्पोर्टिंग लिस्बनबीच खेलिएको दोस्रो लेगको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यसअघि गत हप्ता खेलिएको पहिलो लेगमा १-०-ले विजयी भएको हुनाले प्रीमियर लीग क्लब आर्सनल समग्रमा १-०-ले विजेता बनेर सेमिफाइनलमा पुग्यो। पहिलो लेगमा काई हावेर्त्जले आर्सनललाई गोल दिलाएका थिए, अन्तमा त्यही गोलले दुई टीमबीच पार्थक्य सृष्टि गऱ्यो। बुधवार राति आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले लगातार प्रयास गरे पनि गोल गर्न सकेन। यसरी पोर्तुगलको क्लबले पनि केही नजिकको मौकाहरू गुमायो। च्याम्पियन्स लीगको सेमिफाइनलमा अब बायर्न म्यूनिखले पेरिस सेण्ट जर्मेन (पीएसजी)-को सामना गर्नेछ। यसरी आर्सनलले स्पेनिश क्लब एट्लेटिको म्याड्रिडविरुद्ध खेल्नेछ।

About Author

Advertisement