नाम्ची: नाम्ची जिल्ला प्रशासन, ब्रदर्स अन व्हिल र जिल्ला ब्लड ब्याङ्क नाम्चीको संयुक्त तत्वावधानमा आज एक दिवसीय रक्तदान शिविय आयोजना गरियो। नाम्ची कन्या उच्चत्तर माध्यमिक विद्यालको प्रेक्षागृहमा आयोजित एक दिवसीय रक्तदान शिविरमा कूल ७९ यूनिट रक्तसंग्रह गरिएको जानकारी प्राप्त भएको छ। आज संग्रह गरिएको रक्त नाम्ची जिल्ला अस्पतालमा पठाउने भएको छ। यस अवसरमा अतिरिक्त जिल्लापाल, जिल्ला प्रशासनिक केन्द्रका अधिकारकीवर्गले पनि रक्तदान गरेको नाम्चीका जिल्लापालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।









