सडक दुर्घटनामा १को मृत्यु, २ जना घाइते

accident.jpg

गान्तोक: गेजिङ जिल्लास्थित राममाम चेकपोस्ट नजिक वाहन दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते बनेका छन्। उक्त घटना हिजो राति भएको पुलिस सुत्रले जानकारी गराएको छ। पुलिसले जानकारी गराए अनुसार दार्जीलिङदेखि जोरथाङतर्फ गइरहेको डब्ल्यूबी ७४-६०२२ डस्टर वाहन राममाम चेकपोस्ट नजिक सडकदेखि चालिक फिट तल खसेको थियो। दुर्घटनाको समय वाहनमा चालक लगायत तीन जना सवार थिए जसमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा दार्जीलिङ लामाटार निवासी रूपेश तामाङ (३७), मङपु निवासी केवल तामाङ र कालीझोडा निवासी फूर्बा शेर्पा सामेल रहेका छन्। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारको निम्ति जोरथाङको प्राथमिक चिकित्सा केन्द्रमा लगिएको थियो जहाँ चालक फूर्बा शेर्पाको मृत्यु भएको जानकारी गराएको छ। मृतक शेर्पाको शवलाई पोस्टमार्टम गरेपछि आफन्तजनलाई सुम्पिएको थाह लागेको छ। पुलिसले यस घटनाविरूद्ध आइपीसीको धारा २७९/३३७ अन्तर्गत मुद्दा गरेको छ।

About Author

Advertisement