नाम्चीको विभिन्न जीपीयुमा स्वच्छता साक्षरता कार्यक्रम

IMG-20240924-WA0336

नाम्ची: विद्यार्थीहरुलाई स्वच्छताबारे सचेत बनाउने लक्ष्य राखेर दक्षिण सिक्किमको मिखोला सिङ्गीथाङ ग्राम पञ्चायत एकाईमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता आयोजना गरियो। कार्यक्रममा जीपीयुअन्तर्गत विभिन्न विद्यालयहरूबाट आएका विद्यार्थीहरुले उत्साहजनक सहभागिता दिए। स्थानीय विद्यार्थीहरूको प्रतिभालाई मञ्च प्रदान गर्न यस प्रकारको पहल गरिएको हो। मुख्यगरि, विद्यार्थीहुले स्वच्छताबारे जागरुकता गराएका थिए। स्वच्छता ही सेवा” अभियानको सहयोगमा आयोजित सम्पन्न कार्यक्रममा विद्यार्थीहरुको माध्यमबाट स्वच्छताबारे साक्षर गराएका थिए। यस्तैगरि आज मनिराम भन्ज्याङ र तिङ्ग्रीथाङ जीपीयूले पनि स्वच्छता हि सेवा अभियानको सन्देश दिँदै एक म्याराथन आयोजना गर्योि। जसमा स्थानीय बासिन्दाहरूलाई आकर्षित गर्न प्रोत्साहित गरेको थियो। कार्यक्रममा जिल्ला पञ्चायत र विभिन्न ग्राम पञ्चायतहरूले सक्रियरुपमा सहयोग गर्दै अभियानमा सामुदायिक संलग्नताबारे अपील गरेका थिए।

About Author

Advertisement