नामचीमा सेवा सङ्कल्प अभियानलाई लिएर भाजपाको तयारी बैठक सम्पन्न

FB_IMG_1789408021626

नामची: आगामी ‘सेवा सङ्कल्प अभियान’ को सफल सञ्चालनका लागि आज भाजपा नामची पार्टी कार्यालयमा एक महत्त्वपूर्ण तयारी बैठक सम्पन्न भएको छ। उक्त बैठक राज्य उपाध्यक्ष श्रीमती अरुणा मङ्गर तथा महासचिव श्री अर्जुन राईको उपस्थितिमा आयोजना गरिएको थियो।
​बैठकमा पार्टीका पदाधिकारीहरू तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। बैठक अवधि अभियानअन्तर्गतका आगामी कार्यक्रमहरूलाई सफलतापूर्वक सम्पन्न गर्न, सङ्गठनलाई अझ सुदृढ बनाउन र आपसमा समन्वय बढाउने विषयहरूमा विस्तृत छलफल गरियो।

About Author

Advertisement