नाग पञ्चमीमा अम्बटेको बसेरी गाउँमा अवस्थित श्री पञ्चमुखी नाग मन्दिरमा पूजा अर्चना

IMG-20240809-WA0230

खरसाङ: आज श्री नाग पञ्चमीको अवसरमा खरसाङको अम्बटे चियाबारीको बसेरी गाउँमा अवस्थित श्री पञ्चमुखी नाग मन्दिरमा पूजा अर्चनाको कार्यक्रम सम्पन्न गरियो। खरसाङका पण्डित केशव प्रसाद मिश्र अनि स्थानीय पुरोहित गंगाप्रसाद शर्माद्वारा विविध पूजा अर्चनाको कार्यक्रम सम्पन्न गरियो। यस मन्दिर अनि आजको पूजा अनुष्ठानबारे जानकारी दिँदै स्थानीय भूपेन्द्र शर्माले अम्बटे एउटा धार्मिक स्थल रहेको औ यहाँ अवस्थित पञ्चमुखी नाग मन्दिर पनि यहाँको एउटा प्रसिद्ध अनि पौराणिक मन्दिर रहेको जनाए।

About Author

Advertisement