नागाल्यान्डमा आयोजित दोस्रो मिस्टर नर्थईस्ट बडीबिल्डिङमा सिक्किमका आशिष लिम्बू बने ‘चैम्पियन अफ च्याम्पियन्स’

FB_IMG_1789233681501

गान्तोक: नागाल्यान्डमा आयोजित दोस्रो मिस्टर नर्थईस्ट बडीबिल्डिङ फिजिक्स च्याम्पियनसिप-मा सिक्किमका आशिष लिम्बूले ‘चैम्पियन अफ च्याम्पियन्स’-को उपाधि जितेका छन्। उनले क्षेत्रीय शारीरिक सुगठन मञ्चमा आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा सिक्किम राज्यको नाम उच्च पारेका छन्।
​यस च्याम्पियनसिपमा सिक्किमकै ललित राईले पुरुष बडीबिल्डिङ ८० किलोभन्दा माथिको विधामा रजत पदक हासिल गरेका छन्।
​यसैगरी, महिला मोडल फिजिक्स विधामा अनिता क्षेत्रीले रजत पदक जितिन् भने जुमा बसुमतारीले कांस्य पदक कब्जा गरिन्।
​अर्कोतर्फ, विनय रसाइलीले ६५ किलो र बुद्ध तामाङले ६० किलो पुरुष बडीबिल्डिङ विधाको शीर्ष १०मा आफ्नो ठाउँ बनाउन सफल भए।
​नागाल्यान्डमा सम्पन्न यस प्रतियोगितामा बडीबिल्डिङ एसोसिएसन अफ सिक्किमका अध्यक्ष पेमा डब्लु भुटिया, प्रशिक्षक नोर्बु छिरिङ भुटिया र अन्य अधिकारीहरूको नेतृत्वमा सिक्किमे टोली सहभागी भएको थियो।

About Author

Advertisement