नशालु पदार्थ बिक्रेता पुलिसको पञ्जामा

5079-1.jpg

गान्तोक: राजधानी सदर पुलिसले प्रतिवन्धित नशालु पदार्थ सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी सन्दीप प्रधान मूलरूपमा मंगन निवासी रहेको तर केही दिनदेखि मार्चकस्थित रानीपुलसमा बसोबासो गर्दै आइरहेका थिए। विश्वासनीय सुत्रले सदर पुलिसलाई आरोप प्रधानले सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र परिसरमा नशालु पदार्थ बिक्री गर्न लागेको सूचना दिएको थियो। पुलिसले उक्त सूचना पाउन साथ एसआई ओङचियो भोटियाको नेतृत्वमा एउटा टोली घटनास्थलमा पुगेको थियो। त्यहाँ पुग्दा आरोपी प्रधानलाई शंकास्पद अवस्थामा देखेपछि पक्राउ गरेको जानकारी गराएको छ। आरोपीबाट पुलिसले ६५० वटा विन्सपास्मो फोर्ट र १६ बोतल कफसिरप फेला पारेक छ। आरोपीले नशालु पदार्थ गुलाबी र सेतो पोलिथिनमा लुकाएर राखएको पुलिसको भनाइ रहेको छ। पुलिसले आरोपीविरूद्ध सदर थानामा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement