नन्द लामीछानेको हाइकु सङ्ग्रह ‘समयको खोला’ लोकार्पण

मंग्पू: मंग्पूका साहित्यकार नन्दलामीछानेद्वारा रचित हाइकु सङ्ग्रह ‘समयको खोला’ आज एक कार्यक्रम बीच  लोकार्पण गरियो। सन्तमङ्गल एकेडेमीको प्रेक्षा गृहमा उदय थुलुङको अध्यक्षतामा सप्पन्न भएको विमोचन समारोहमा मंग्पूका साहित्यकारहरु सुभद्र बम्जन, सुजित  थापा, प्रमिला मुखिया, पुस्कार सिङगर, बिनोद रसाइली अनि अन्यले  कविता वाचनगरे। साहित्यकार दुष्यन्त  रामुदामुले संचालन गरेको साहित्यक कार्यक्रममा समयको खोला पुस्तक माथि कवि मिलन बान्तावाले समिक्षात्मक वार्ता प्रस्तुत गरे भने प्रमुख अतिथि प्रा. मेघनाथ छेत्रीले सान्दर्भिक वार्ता प्रस्तुत  गरे। विमोचित कृतिका लेखक नन्द लामिछानेले हाइकु  सङ्ग्रहमाथि प्रकाश पार्दै कार्यक्रममा उपस्थित  दिने सम्पूर्ण साहित्यकारहरुलाई  आभार प्रकट गरे।

About Author

Advertisement