नक्कली नोटसहित मालदामा तीनजना पक्राउ

मालदा: राज्य सरकारको एसटीएफले ₹. ९९५०० का नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना बिहारका र दुई जना मालदाको कालियाचकका रहेका छन्। एसटीएफले पक्राउ परेका अभियुक्तलाई अंग्रेजीबजार प्रहरी चौकीमा बुझाएर घटनाको अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा एक जनाको नाम राहुल कुमार (२६) रहेको छ। अर्काको नाम बाबुल शेख (२८) हो। तेस्रो आरोपी लालु शेख (२२) हुन्। जसको घर चारबाबुपुर कालियाचकमा छ।

About Author

Advertisement