नकल पुमा जुत्ता-चप्पलको ठूलो परिमाण बरामद, सिलीगढी पुलिसद्वारा छापा​

95893998-1646-4f53-8414-b77626c36f97

सिलीगढी: सिलीगढीपुलिस कमिश्नरेटको इन्फोर्समेन्ट ब्रान्चले पानीटङ्की पुलिस चौकीको सहयोगमा ठूलो परिमाणमा ब्रान्डको नक्कल गरिएका प्यूमा जुत्ता र चप्पल बरामद गरेको छ।सिलीगढी थाना क्षेत्रअन्तर्गत सञ्चालन गरिएको विशेष छापा मार्ने अभियानका क्रममा उक्त सामान जफत गरिएको हो।​पुलिसका अनुसार छापाका क्रममा ३०० जोडीभन्दा बढी नक्कल पुमा जुत्ता र २०० जोडीभन्दा बढी नक्कल पुमा फ्लिप-फ्लप (चप्पल) बरामद गरिएको छ।​यस घटनाका सम्बन्धमा सिलीगढी थानामा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। नक्कली ब्रान्डका सामान उत्पादन, भण्डारण र बिक्री-वितरणमा संलग्न व्यक्तिहरूको पहिचान गरी कडा कानुनी कारबाही गरिने पुलिसले जनाएको छ।​उपभोक्ताको हित रक्षा, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण र नक्कली सामानको अवैध कारोबार नियन्त्रणका लागि प्रतिबद्ध रहेको सिलीगुडी पुलिसले स्पष्ट पारेको छ।

About Author

Advertisement