धरना मञ्चमै चित्र बनाएर विरोध: ममता बनर्जीको ‘आर्ट प्रोटेस्ट’

untitled-design-2026-03-10t150714.626

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी ले कोलकाताको धर्मतल्लामा भइरहेको धरना कार्यक्रममा अनौठो ढंगले विरोध जनाइन्। भाषण र प्रदर्शनको बीचमा उनले मञ्चमै क्यानभासमा चित्र बनाउँदै आफ्नो सन्देश सार्वजनिक गरिन्।
उक्त चित्र कथित एसआईआर प्रक्रिया को विरुद्धको प्रतीकात्मक विरोध हो। क्यानभासको माथिल्लो भागमा “एसआईआर” र तल “भ्यानिस” लेखेर उनले आफ्नो असन्तुष्टि व्यक्त गरिन्।
मुख्यमन्त्री बनर्जीले यो चित्र कुनै व्यक्तिगत प्रयोजनका लागि नभई शान्तिपूर्ण विरोधको माध्यम भएको स्पष्ट गरिन्। साथै, कथित रूपमा उक्त कडा प्रक्रियामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिन यो चित्र बनाइएको पनि बताइन्।
धरना कार्यक्रममा उनको यो कदमले उनको अर्को पक्ष पनि उजागर गरेको छ। राजनीतिज्ञ मात्र होइन, ममता बनर्जी चित्रकलाप्रति रुचि राख्ने कलाकारका रूपमा पनि परिचित छिन् र बेला–बेलामा आफ्ना चित्रमार्फत सामाजिक तथा राजनीतिक सन्देश दिँदै आएकी छिन्।

About Author

Advertisement