मुख्यमन्त्रीद्वारा द्रुक्पा छेसीको शुभकामना:

FB_IMG_1783673018077

बुद्धको शिक्षालाई आत्मसात् गर्दै समाजमा एकता कायम राख्न आह्वान

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बौद्ध धर्मावलम्बीहरूको पवित्र पर्व ‘द्रुक्पा छेसी’ को अवसरमा सम्पूर्ण सिक्किमेली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शनिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री तामाङले यस ऐतिहासिक र पवित्र दिनले सबैको जीवनमा शान्ति, समृद्धि र सद्भाव ल्याउने विश्वास व्यक्त गरे।
​मुख्यमन्त्रीले आफ्नो सन्देशमा द्रुक्पा छेसीको ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै यो दिन भगवान् बुद्धले ज्ञान प्राप्तिपछि आफ्नो पहिलो उपदेश दिएर ‘धर्मचक्र प्रवर्तन’ गरेको स्मरण गरे।
​”भगवान् बुद्धले चार आर्य सत्य र अष्टांगिक मार्गको माध्यमबाट मानव जातिलाई ज्ञान, करुणा र आन्तरिक शान्तिको अनन्त सन्देश दिनुभएको थियो,” मुख्यमन्त्री तामाङले सन्देशमा भनेका छन्, “यो पवित्र पर्वले हामीलाई बुद्धका तिनै कालजयी शिक्षाहरू पछ्याउँदै न्याय र करुणाको मार्गमा हिँड्न प्रेरणा दिनेछ।”
​उनले यस पावन अवसरमा समाजमा एकताको भावनालाई थप मजबुत बनाउन, आफ्नो समृद्ध आध्यात्मिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्न र राज्यको उन्नतिका लागि मिलेर काम गर्न सबैलाई आह्वान समेत गरे।
​सन्देशको अन्त्यमा मुख्यमन्त्री प्रेमसिंह तामाङले हरेक परिवारको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै भन्नुभयो, “यस पवित्र पर्वको पवित्र सन्देशले हाम्रा हृदयमा आशा र करुणा जगाओस् र हाम्रो प्रिय सिक्किमलाई दिगो शान्ति एवं सामूहिक प्रगतितर्फ डोर्‍याओस्।”

About Author

Advertisement