ग्रामीण विकास विभागका सचिवद्वारा रोङ्लीमा सडक पूर्वाधार र विकास कार्यहरूको निरीक्षण

FB_IMG_1784384600540

पाक्योङ: ग्रामीण विकास विभागका सचिवले परियोजना मुख्य इन्जिनियर, मुख्य इन्जिनियर, अतिरिक्त मुख्य इन्जिनियर, सुपरिटेन्डिङ इन्जिनियर र पीआईयू पाक्योङका अधिकारीहरू सहित रोङ्ली उप-डिभिजन अन्तर्गतका सडक पूर्वाधार तथा विकास कार्यहरूको उच्च-स्तरीय निरीक्षण गर्नुभएको छ।
​निरीक्षण टोलीले पदमचेन जीपीयूमा रहेको प्लास्टिक फोहोर व्यवस्थापन एकाइको भ्रमण गरी यस क्षेत्रमा वातावरणीय दिगोपन र स्वच्छता कायम राख्न प्रभावकारी व्यवस्थापनमा जोड दियो। यसपछि टोलीले बेरिङ, तारेयथाङमा पीएमजीएसवाई सडकको गुणस्तर र मर्मत कार्यको प्रगतिको समीक्षा गर्‍यो। मनसुनको समयमा निमाचेन–प्रेमलाखा सडक र रेनोक फाटक–रेनोक सिमाना सडकको अवस्थाको पनि टोलीले मूल्यांकन गरेको छ।
​निरीक्षणका क्रममा सडकको दयनीय अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै वरिष्ठ अधिकारीहरूले निर्माण व्यवसायी (ठेकेदार) ले तोकिएको मापदण्ड अनुसार सन्तोषजनक काम नगरेको पाएका छन्। यस लापरबाहीलाई गम्भीरताका साथ लिँदै उच्च अधिकारीहरूले रोङ्ली उप-डिभिजनलाई सम्बन्धित ठेकेदारविरुद्ध उचित कारबाही अघि बढाउन र तुरुन्त मर्मत कार्य सुरु गर्न अन्तिम सूचना (फाइनल नोटिस) जारी गर्न निर्देशन दिएका छन्। निर्देशन बमोजिम काम नगरेमा ‘डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) मर्मत सम्झौता रद्द गर्ने प्रक्रिया सुरु गरिने विभागले जनाएको छ।

About Author

Advertisement