दोकान फोड़ेर चोरी गर्ने २ जना पक्राउ

Untitled-5-1024x576

सिलगढी: टिन काटेर दोकानमा चोरी गर्ने दुई जनालाई भक्तिनगर थानाका पुलिसले पक्राउ गरेको छ। पक्राउ हुनेमा रोशन बर्मन र हरेन दास छन्। पुलिसले उनीहरूबाट चोरी भएको ७० हजार रुपियाँको सामग्रीहरू पनि बरामद गरेको छ।
पुलिस का अनुसार, आइतवार ईस्टर्न बाईपास क्षेत्रमा अवस्थित एउटा दोकानको टिन काटेर चोरी गरेका थिए। सो घटना पछि दोकान मालिकले सोमबार भक्तिनगर थानामा लिखित अभियोगपत्र दर्ता गरेका थिए।सो चोरीको घटना पछि पुलिसले जाँच सुरु गरिएको छ भने गोप्य सूचनाको आधारमा अभियान चलाएर दुई जना चोरलाई पक्राउ गरेको छ। पुलिसले उनीहरूको साथबाट चोरी भएको ७० हजार मूल्य पर्ने सामग्रीहरु पनि बरामद गरिएको छ। भक्तिनगर थानाले आज दुवै आरोपीलाई जलपाइगढी अदालतमा पेश गरेको छ।

About Author

Advertisement