इम्फाल(मणिपुर): मणिपुरमा सुरक्षा बलहरूले हतियार सहित नशालु पदार्थहरूको तस्करी र यसको उत्पादन विरोधी अभियानलाई निरन्तर रूपमा संचालन गरिरहेका छन्। यस वर्ष अहिलेसम्ममा तीन सय एकड़ भूमिमा रोपिएका अफिमको खेतीलाई नष्ट गरिएको छ।
यसै क्रममा मंगलवार मणिपुर पुलिसले जानकारी दिदै भने , सुरक्षा बलहरूले उखरूल जिल्लाको सिहाइ खुल्लेन गाउँबाट पुलिस, वन विभाग तथा जिल्ला प्रशासनको संयुक्त टीमको सहयोगमा ५५ एकड़ जमीनमा लगाएका अफिमको खेतीलाई गए आइतवार नष्ट गरिएको छ।
शुरूमा फूल अवस्थामा रहेको अफिमका बिरूवाहरूलाई नष्ट गरिएको थियो। खेतमै रहेका पाँचवटा घरहरूलाई पनि जलाइयो। उक्त जाँचका लागि घटना दर्ता गरिएको छ।सो अभियान अन्तर्गत दोषीहरूलाई समात्नका लागि पुलिस टीम परिचालन गरिएको छ।









