नाम्ची। आज देवीप्रसाद भूजेल स्मृति भलिबल प्रतियोगिताको पाँचौ दिनको खेल सम्पन्न भयो। उक्त प्रतियोगिता दक्षिण सिक्किमअन्तर्गत ताङ्जी विकमत जीपीयूको रामाराम पयौग्रामको भलिबल खेल मैदानमा सम्पन्न भएको थियो। जहाँ एनएचपीसीका उपाध्यक्ष हरिचन्द्र छेत्री मुख्य अतिथि रहेका थिए।
कार्यक्रमको मुख्य आकर्षणकाे रूपमा रहेकाे पूरूष वर्गकाे क्वार्टर फाइनल खेलमा देन्ताम तार्कूले रबिटारलाई पराजित गऱ्यो भने महिला वर्गकाे सेमिफाइनल खेलमा अमर ज्याेति तिङ्गलेले रामारामलाई पराजित गऱ्यो। कार्यक्रममा साँस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियाे। यस प्रतियाेगिताकाे फाइनल खेल आगामी ५ जूनमा सम्पन्न हुनेछ।
उल्लेखनीय छ, स्थानीय गैर सरकारी संस्था युवा खेल क्रिडा संघले आयाेजना गरेकाे यस प्रतियाेगिताकाे उद्देश्य पर्यावणकाे महत्त्वमाथि जागरूकता फैलाउनु रहेकाे छ।










