असमा ठगीको मामिलामा सिलगढीबाट एकजना पक्राउ

21-25-30-f0beec37-24ca-42fd-9c44-aa1c8eb0e980-1024x576.jpg

सिलगढी। ठगीको मामिलामा असम सीआईडीले सिलगढीबाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति सत्यनारायण ब्यानर्जी उर्फ वीके चौधरी (५२) को रुपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी गत ५ मई २०१४ मा असमा ठगीको मामिलामा एउटा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले धेरैजना व्यक्तिलाई पक्राउ गरेतापनि यसको मुख्य आरोपीलाई पुलिसले पक्रिन सकेको थिएन। यसपछि उक्त ठगीको मामिलाको जाँच गर्ने दायित्व असम सीआईडीलाई सुम्पेपछि सीआईडीका टोलीले जाँच अवधि आरोपीको फोन लोकेसन ट्रेस गऱ्यो। तिनको फोनको लोकेसन सिलगढी देखाएपछि असमबाट सीआईडी टोली सिलगढी आएर गत राति पानीटयाङ्कीबाट उक्त आरोपी व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। आरोपी व्यक्तिले सिलगढीमा आफ्नो नाम परिवर्तन गरेर बस्दै आइरहेकोले गर्दा समय सीआईडीलाई उक्त व्यक्तिलाई पक्रिन ९ वर्ष लाग्यो। यस सम्बन्धमा सिलगढी अदालतको सरकारी पक्षका वकील सुदीप राय बासुनियाले बताएअनुसार असम सीआईडीले वर्ष २०१४ को ठगीको मामिलामा सिलगढीबाट सत्यनारायण ब्यानर्जीलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमाण्डमा लिएर तिनलाई साथमा असम लग्यो भने आज नै आरोपीलाई असमको गुवाहाटी अदालतमा पेश गरिने भएको छ।

About Author

Advertisement