जलपाईगुडी: उत्तर बंगालमा लोकसभा चुनावको लागि
प्रचारप्रसारको काम धमाधम भइरहेको छ। यसै शृङ्खलामा बुधबार धुपगुरीको गधेयारकुठी ग्राम पञ्चायत झार अल्ता गाउँ डौकीमारीलगायतका विभिन्न क्षेत्रमा वाम मोर्चाका उम्मेदवार र कांग्रेसले समर्थन गरेका उम्मेदवार देवराज बर्मनको समर्थनमा जलपाईगुडी लोकसभा निर्वाचन क्षेत्रका लागि प्रचारप्रसार गरिएको थियो। चुनावी अभियानमा ठूलो संख्यामा पार्टीका कार्यकर्ता तथा समर्थकहरुको सहभागिता रहेको थियो।










