खरसाङ: खरसाङ महकुमा अन्तर्गत दुधेको बालासन नदीमा सेनाको सहयोगमा निर्माण गरिएको बेली ब्रिजको आज उदघाटन गरिएको छ। केही समय अघि लगातार परेको पानीले भत्काएको दुधेको पुल सेनाको सहयोगमा निर्माण भईरहेको थियो। दुधेस्थित बालासन नदीमा पुल बगाएपछि सिलगढी र मिरिकमाझको यातायात व्यवस्था बन्द भएको थियो।

यसै कुरालाई ध्यानमा राखेर बालासन नदीमा सेनाको सहयोगमा बेली ब्रिजको निर्माण कार्य चलिरहेको थियो भने सेनाले २० दिनको समय झवधिमा नै उक्त बेली ब्रिजको निर्माण कार्य पूरा भएपछि आज उक्त बेली ब्रिजको उद्घाटन गरिएको छ। दार्जीलिङका सांसद राजु बिष्टको विशेष सक्रियता अनि राज्यका मुख्यमन्त्री सुभेन्दु अधिकारीको सकारात्मक पहलमा सिलगडी अनि मिरिकको जीवन रेखा मानिने दुधे बालसन नदीमाथि बीस दिनको छोटो समयमा बेली ब्रीजको बिधिवत उद्घाटन भएको छ। बेली ब्रीज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भारतीय सैनिकहरुप्रति पनि सांसद राजु बिष्टले कृतज्ञता व्यक्त गरेका छन्।










