व्यक्तिगत कारण देखाउँदै फुलबारी १ ग्राम पञ्चायतकी प्रधानद्वारा राजीनामा

Screenshot_20260708_224653_Facebook

राजगञ्ज: फुलबारी १ ग्राम पञ्चायतकी प्रधान सुनिता रोय चक्रवर्तीले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले राजगञ्जस्थित ब्लक विकास अधिकारीको कार्यालयमा पुगेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।
​राजीनामा पत्रमा उनले व्यक्तिगत समस्याका कारण प्रधान पदको जिम्मेवारी सम्हाल्न गाह्रो भइरहेको उल्लेख गर्दै पदमुक्त गरिदिन अनुरोध गरेकी छन्। तृणमूल कांग्रेस की नेतृ चक्रवर्ती सन् २०२३ को पञ्चायत निर्वाचनपछि फुलबारी १ ग्राम पञ्चायतको प्रधान बनेकी थिइन्।

About Author

Advertisement