गान्तोक: मंगन जिल्लाको साङ्कालङ टुङ मार्गमा भएको एक वाहन दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ। दुर्घटना शुक्रवार राति भएको हो।यस घटनाको जानकारी १०७ आरसीसी ग्रेफका एक अधिकारीले मंगन पुलिसमा दिएका थिए।पुलिस रिपोर्ट अनुसार, बीटी सामग्री लिएर गइरहेको एउटा वाहन साङ्कालङ टुङ मार्गमा दुर्घटनाग्रस्त भयो। वाहन सड़क मार्गदेखि पल्टिएर तल झऱ्यो। दुर्घटनाको समय वाहनमा दुई व्यक्ति थिए भने दुवैको मृत्यु भएको छ। मृतकहरूको नाम मोहम्मद फारूक (४०) र शुभम रतन काम्बले हो। मृतक फारूक फनी राजोरी, जम्मू-कश्मीर र मृतक शुभम बोरगाउँ, महाराष्ट्र निवासी थिए। दुवै ग्रेफकर्मी थिए।










