कामरूप: कामरूप (ग्रामीण) जिल्लाको दक्षिण कामरूपको गोराईमारीको पासगुमीमा भीषण आगलागी भएको छ। यस आगलागीमा महरूद्दीनका दुई वटा च्यादरको घर जलेर खरानी भयो सरकारद्वारा संचालित सौर उर्जाले चल्ने ब्याट्री पड्किनाको कारण आगलागी भएको हो। महरूद्दीनलाई पाँच लाख रूपियाँभन्दा अधिकको नोकसान भएको छ। स्थानीय मानिसहरू आगो निभाउनमा सफल रहे।










