दुईदिने जिल्ला स्तरीय कला महोत्सव

IMG_20221118_163342.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्ला प्रशासनको सहकार्यमा कालचिनी युनियन एकेडेमी हाईस्कुलले शुक्रबारदेखि दुईदिने जिल्ला स्तरीय कला महोत्सव आयोजना गरेको छ। महोत्सवमा जिल्लाका विभिन्न स्थानका ३३ विद्यालयको सहभागिता रहेको थियो। यो कार्यक्रम दुई दिनसम्म चल्ने प्रशासनले जनाएको छ। आजको कार्यक्रममा अलीपुरद्वार जिल्ला परिषद् अध्यक्ष शीला दास सरकार, अतिरिक्त जिल्ला मजिस्ट्रेट पुष्कर राई, डीपीएससी अध्यक्ष परितोष बर्मन, जेडीए अध्यक्ष गंगा प्रसाद शर्मा र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। विद्यार्थी भित्र लुकेको प्रतिभा बाहिर ल्याउनका लागि कला महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। यस महोत्सवमा प्रथम हुनेले राज्यस्तरीय कला महोत्सवमा सहभागी हुने अवसर पाउनेछन्।

About Author

Advertisement