दिनहाटामा बीजेपी उम्मेद्वार पक्राउ

IMG-20230629-WA0310.jpg

कूचबिहार: पञ्चायत चुनाउ २०२३ अघि पार्टी बदली गरेपछि दिनहाटामा भाजपाका जिल्ला परिषद उम्मेदवारलाई पुरानो मामिलामा पक्राउ गरिएको घटना अघि आएको छ। १५ जूनमा जिल्ला परिषद सदस्य तरनीकान्त बर्मनले पार्टीबाट टिकट नपाउँदा तृणमूल छोड़ेर भाजपामा सामेल भए। उनलाई बुधवार कूचबिहार पुलिसको अपराध शाखाले पक्राउ गरेको थियो।

पुलिसको दाबी छ, २०१९ मा हत्याको प्रयास मामिलामा उनलाई पक्राउ गरिएको हो। कूचबिहार उत्तरबाट विधायक सुकुमार रोय र तुफानगंजबाट विधायक मालती राव रोय गिरफ्तारीको विरोधमा थाना गएका थिए। यसमा बिहिवार दिलीपले आरोप लगाए, तृणमूलले पुलिस र सरकारी कर्मचारीहरूको प्रयोग गरी चुनाउ जित्ने प्रयास गरिरहेछ।

यसबारे भाजपाकाे दिलीप घाेषले भने ‘कुनै प्रकारले पनि गैरकानूनी तरीकाले विपक्षी नेताहरूलाई फंसाएर पक्राउ गर्नु र तृणमूललाई त्यसको फायदा पुऱ्याउनु, यही प्रशासनको साँचो अनुहार हो।’

About Author

Advertisement