सोनादा: दार्जिलिङ हिमालयन रेलवे ठेकेदार कल्याण समिति अप्पर जोनको आयोजनामा सोनादा रेलवे स्टेशनमा श्री विश्वकर्मा पूजा आयोजना गरियो। विधिवत् पूर्ण पूजा अर्चना सम्पन्न भएको थियो। पूजामा समिति सदस्य तथा स्थानीय भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो। सभापति भाइचुङ तामाङले पूजामा उपस्थित सम्पूर्ण भक्तजनहरूलाई हार्दिक स्वागत जनाए । उनले उक्त पूजा सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक र शारीरिक सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्यहरूप्रति हार्दिक कृतज्ञता तथा आभार प्रकट गरेका छन्।





